२१ मंसिर २०८०, बिहिबार | Dec 7 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकियो प्याराग्लाइडिङ जोन



काठमाडौं । नेपालमा थप चार स्थानमा प्याराग्लाइडिङ जोन तोकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये केही जोनमा व्यवसायिक उडान समेत सुरु भइसकेको छ । चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङ थालिएको छ ।

प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र यस्ता साहसिक गतिविधि गर्न पाइन्छ । पोखराबाट सुरु भएको यो साहसिक खेल पछिल्लो समय देशव्यापी विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *