सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिग्रन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।
सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने उनले जानकारी दिइन् ।
मन्त्री शर्माले इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार गर्ने र टिकटक तत्कालै बन्द गरिने बताइन् । ‘आजै बन्द हुन्छ,’ उनले भनिन्, ‘इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार हुन्छ । भरेबाट बन्द हुन्छ ।’
प्रतिक्रिया