१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोली हानेर मुख्य आरोपी सिंह पक्राउ



वीरगन्ज । बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो ।

बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जानकारी दिए । 

उनले सिंहलाई नियन्त्रणमा लिने क्रममा घुँडाभन्दा मुनि गोली हान्नुपरेको र यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । त्यसयता नै प्रहरीले सिंहलाई खोज्दै आएको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *