२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीको गाडी आगजनी घटनामा गोली लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते



काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

यस्तै आगजनीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *