१ माघ २०८१, मंगलबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई आठ वर्ष कैद सजाय 



काठमाडौं । जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको छ। 

१३ पुसमा अदालतले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो। अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो। 

अदालतले दुवैको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असरलगायतलाई विचार गरी सो फैसला सुनाएको हो। 

जिल्ला अदालतका प्रवक्ता सिपी पन्थीका अनुसार फैसलामा लामिछानेलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को ३ (ङ) बमोजिम आठ वर्ष कैद सजाय सुनाइएको छ। 

यसैगरी, अदालतले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ ३ (क), (ग) बमोजिम तीन लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिबापत लामिछानेबाट भराई दिने ठहर पनि गरेको छ। 

१६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई कसुरदार ठहर गरेको हो। 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *