२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘समुदायमा कांग्रेस’ अभियान राष्ट्रिय सभा निर्वाचनपछि



काठमाडौं । कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित गर्न लागेको ‘समुदायमा कांग्रेस’ अभियान राष्ट्रिय सभा निर्वाचनपछि मात्रै हुने भएको छ । यसअघि पटकपटक तय भएर सर्दै आएको अभियान राष्ट्रिय सभा निर्वाचनलाई देखाएर पुनः सार्न लागिएको हो । 

यसबारे बिहीबार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाबीच छलफल भएको थियो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेताहरू राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले सार्न लागिएको हो । उनका अनुसार १६ देखि २६ माघसम्म सञ्चालन गर्ने गरी अभियान सार्न लागिएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले केही दिन पछाडि सार्न लागिएको हो । १२ माघमा प्रदेशस्तरीय कार्यक्रम गर्छौँ । १३ गतेभित्र केन्द्रीय प्रतिनिधि जिल्ला पुग्नुहुनेछ । १६ देखि २६ माघसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले नयाँ पत्रिकासँग भने ।

४ साउनमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्ययोजना पारित गर्दै १० दखि २४ भदौसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, वर्षा, रुकुम पश्चिम र जाजरकोटमा आएको भूकम्पलगायत कारण देखाउँदै अभियान अनिश्चित बनेको थियो । १४ पुसमा सम्पन्न केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार कांग्रेसले बुधबार केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरणसमेत गरेको थियो । ११ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । कांग्रेसबाट १० उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *