मंगलसेन (अछाम) । अछाम सदरमुकाम मंगलसेनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलसेन बृहत खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाहले उद्घाटन गरेको प्रतियोगितामा जिल्लाका दश वटै स्थानीय तहका खेलाडीहरु सहभागी छन् । उनीहरु पालिका स्तरबाट उत्कृष्ट बनेर जिल्ला स्तरको उपाधिका लागि मैदानमा उत्रिएका हुन् ।
जिल्ला खेलकुद समिति अछामको आयोजना तथा मंगलसेन नगरपालिकाको सहआयोजनामा सुरु भएको प्रतियोगितामा भलिबल, कबडी लगायतका दर्जनौ खेलहरु खेलाइने छ । उद्घाटन समारोहमा दश वटै स्थानीय तहबाट सदरमुकाम आएका खेलाहरुले मार्चपास गरेर अतीथिहरुलाई खेल मैदानमा भब्य स्वागत समेत गरेका छन् । सभामा खेलाडीहरुले गरेको स्वागतपछि सम्बोधन गर्दै संघीय सांसद शाहले जबसम्म खेल क्षेत्रको विकास हुँदैन तबसम्म अन्य कुरामा समेत प्रगति हुन नसक्ने बताए ।
उनले राष्ट्र र स्वास्थ्य दुबैका लागि खेल आवश्यक रहेकाले यसमा ठुलो लगानी जरुरत रहेको समेत उल्लेख गरे । त्यसका लागि स्थानीय सरकारको योजनामा यो क्षेत्रको खेलकुदको विकासका लागि केन्द्रमा समेत पहल गरिने शाहले बताए । उद्घाटनमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र दश वटै स्थानीय तहका प्रमुख सहित जिल्लाका अन्य सरोकारवालाहरुको पनि उपस्थीति रहेको छ ।\










प्रतिक्रिया