२२ आश्विन २०८१, मंगलबार | Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार अभावले राउटे बालिकाको मृत्यु



दैलेख । भैरवी गाउँपालिका– ४ को गडजिउलामा बस्दै आएको राउटे समुदायकी एक बालिकाको उपचार अभावमा ज्यान गएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गाको बिहीबार राति मृत्यु भएको हो । 

बालिका एक महिनादेखि बिरामी थिइन् । राउटे समुदायसँग निकट भएर काम गरिरहेका अभियन्ता लालबहादुर खत्रीले प्रभावकारी उपचार अभावमा ज्यान गएको बताए । दुर्गा हरिबहादुरकी एक मात्र छोरी थिइन् । उनक दुई छोरा छन् । गडजिउलामा बस्दै आएका राउटे समुदाय शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुइयातडामा बसाइँ सरेका छन् । 
पछिल्ला वर्ष राउटे समुदायको जनसंख्या घट्दै आएको छ । अहिले राउटेको संख्या एक सय ३७ छ । यसमध्ये बालबालिकाको संख्या ६५ छ । फिरन्ते जीवन बिताउने राउटेमा पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । ‘चिसो बढेसँगै राउटे समुदायमा समस्या बढ्दै गएको छ । चिसो भुइँमा रात कटाउनुपर्ने अवस्थाका कारण स्वास्थ्य समस्या बढेको छ । बालबालिका झन् बढी समस्यामा छन्,’ खत्रीले भने ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *