काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन्। मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन्।
विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैँले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्दछ। तर, रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैँले निर्णय गरेका बताइएको छ।
विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाइ सुरु गरिसकेको छ। हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए। उनका अनुसार विज्ञान संकाय पढाउने अनुमतिका लागि यसअघि शिक्षा विभाग प्रमुखमा रामप्रसाद सुवेदी हुँदादेखि नै प्रक्रिया सुरु गरी गत असारमा अनुमति मिलेको हो।











प्रतिक्रिया