१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा जागिर खुल्यो



काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्या नयाँ भर्ना खुल्ला गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय बढीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय भर्ना शाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *