२१ बैशाख २०८१, शुक्रबार | May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुर्गम गाँउमा ‘बाल इजलास’ सुरु



अछाम । बाल बिकास, बाल समृद्धि र बाल सरोकारको अवस्था परिक्षण गर्न अछाममा बाल इजलास सुरु गरिएको छ । यो इजलास १९ वडामा अभियानकै रुपमा सञ्चालन गर्न लागिएको हो ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साबाट सुरु भएको बाल इजलास कमलबजारका अन्य तीन वटा वडा सहित पञ्चदेवल बिनायक नगरपालिकाका ६, साँफेबगर नगरपालिकाको एउटा वडा र मेल्लेख गाँउपालिकाका ८ वडामा सञ्चालन गरिने छ । वडा कार्यालयहरुको आयोजनामा भइरहेको बाल इजलासमा बालबालिकाका समस्या उठान गरेर त्यसको समाधानका लागि स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने गरिएको छ ।

बाल इजलासमा बिशेषगरी हिंसामा परेका, अभिभावक गुमाएका, पढ्न नपाएका, अपाङ्गता भएका, कुलतमा फसेका, बालविवाह गरेर समस्यामा परेका तथा विपन्न परिवारका बालबालिकाका समस्या उठान गर्ने गरिएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले गाँउमै पुगेर इजलासको उद्घाटन गर्दै अब यो अभियानले बिकटका बालबालिकाका समस्या पनि समाधान हुने विस्वास गरे । अहिले विभिन्न कारणले बालबालिका गलत क्रियाकलापमा फसिरहेकाले उनीहरुका समस्या बुझ्न आफुहरु समेत बाल इजलास सँग हातेमालो गर्न गाउँ पुगेको बताए ।

यो इजलासमा जोखिममा रहेका बालबालिका र उनीहरुका अभिभावकहरुकै उपस्थीतिमा समस्याको उठान गरेर त्यसको समाधानका उपाय खोज्ने गरिएको कमलबजार ४ चाल्साका वडाध्यक्ष मिनबहादुर साँउदले बताए । उनले बालविवाह र बाल हिंसा बढी समस्याका रुपमा रहेको र बालबालिकाका क्षेत्रमा छुट्याइने बजेट समेत सही सदुपयोग नहुँदा समस्या भइरहेकाले अब यसबारे गम्भीर भएर लाग्ने बताए ।

त्यस्ता समस्याको पहिचान गर्न बाल अधिकार समीति र रुपान्तरण कक्षाका बालबालिकाहरुलाई परिचालन गर्ने तयारी रहेको उनले बताए । वडाध्यक्ष साउँदको वडा सहित अछाम जिल्लामा कमलबजार, पञ्चदेवल बिनायक र साँफेबगर नगरपालिका तथा मेल्लेख गाँउपालिकाका १९ वडामा २१ वटा रुपान्तरण कक्षा सञ्चालन भइरहेका छन् ।

कक्षामा विभिन्न कारणले जोखिममा परेका १० देखि १८ वर्ष उमेर समूहका ५२५ बालबालिकाले नियमित रुपमा जीवन उपयोगी सीप लगायत आत्मरक्षा र अन्य सकारात्मक विषयमा शिक्षा लिने गरेको आस्था नेपालका कार्यक्रम संयोजक गणेश प्रसाद बोहराले बताए । उनका अनुसार एउटा समूहमा २५ जना बालबालिकाले हरेक हप्ता शिक्षा लिने गरेका छन् । त्यसका लागि एउटा समूहमा दुई जना प्रशिक्षक गरी १९ वडाका २१ कक्षामा ४२ जना प्रशिक्षक परिचालन गरिएको बोहराले बताए ।

बाल अधिकार समिति मार्फत गाँउमा जोखिममा परेका बालबालिकाका लागि पालिका स्तरमा कोष समेत स्थापना गरिएको छ । जसमा समस्यामा परेका बालबालिकाहरुले गरेको मागको आधारमा स्थानीय सरकार र वल्र्ड भिजन इन्टरनेशनल तथा आस्था नेपालले रकम जम्मा गरिदिने गरका छन् । जुन रकम जोखिममा परेका बालबालिकाका लागि बाल स्पोन्सरसिप र बाल संरक्षण परियोजना मार्फत खर्च गर्ने गरिएको परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले बताए ।

ऋषिदह देखि बयला सम्मका यीनै दुर्गम वडालाई लक्षित गरेर सुरु गरिएको बाल इजलास गाँउमै पुगेर समुदायको बिचमै सञ्चालन गर्ने गरिएको छ । त्यहाँ उठेका समस्याहरु र केहि सकारात्मक बिषयहरु रेडियो सोसाइटी एफएम र रेडियो गाँउघर मार्फत प्रशारण गरेर समुदाय स्तरका बालबालिकालाई थप जागरुक बनाउने योजना छ । त्यसका लागि पालिका स्तरका बाल अधिकार समिति, बालमैत्री स्थानीय शासन वडा समिति र रुपान्तरण कक्षाका बालबालिकाहरु सँगको समन्वयमा बाल इजलासमा गुनासो सुन्ने र त्यसको समाधान खोज्ने गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *