१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्विरमा ‘सिद्ध पोखरी’ (ठुलो पोखरी)



काठमान्डौं । भक्तपुर जिल्लाको सबै भन्दा ठुलो पोखरीको रुपमा चिनिने ताल सिद्ध पोखरी हो । यो पोखरीको नाम स्थानीय बीच नेवारी समुदाय माझ तःपुख्ु (ठुलो पोखरी) भनेर चिनिने गरेको छ ।
लिच्छवी राजा इन्द्रदेवले नेपाल संवद २३५ देखि वि.सं.११७६ सालमा पोखरीको निर्माण गरेको इतिहास छ । भक्तपुर नगरको पश्चिम दिशामा बनाइएको यो पोखरीको कारण नगरको निकै शोभा बढाएको छ ।
यो पोखरी भक्तपुर शहरको पश्चिम दिशामा अवस्थित मानव निर्मित पोखरी हो । यसको क्षेत्रफल ११ हजार ३ सय ७६ वर्गमिटर छ । यो पोखरीको पूर्वमा नवपोखरी, दक्षिणमा भाजु पुख पोखरी, पश्चिममा न्हु पुख पोखरी र उत्तरमा अचा पुख पोखरी छन् ।
१ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरीको वि.सं. २०५२ साल फागुनदेखि सुरू गरिएको मर्मत सुधार गर्ने काम २०५४ साल वैशाखमा सकिएको थियो । विक्रम संवत् १९३६ को शिलापत्र अनुसार उक्त पोखरी वि.सं. १८२१ मा भीमसेन थापाबाट जीर्णोद्वार गरिएको थियो भने वि. सं. १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाल लगायत घाँसहरू सफा गरिएको उल्लेख छ । अहिले यो ताल अवलोकन गर्न दैनिक पाँच सय बढी आउने गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ०४ बजे