२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पत्ति शुद्धीकरणमा दोषी पुरी दम्पतीलाई चार करोड बढी जरिवाना



काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी गगनलाई अदालतले जरिवाना ताेकेकाे छ। विशेष अदालतबाट माघ २८ मा दोषी ठहर भएका पुरीकाे सजायस्वरूप आइतबार जरिवाना ताेकिएकाे हाे।

मुद्दा दायर भएको तीन वर्षपछि विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रेवतराज र उनकी श्रीमती केशावती पुरीलाई दोषी ठहर गरेको थियाे। उनीहरूले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण (मनिलाउन्ड्रिङ) ऐन २०६४ को दफा ३० (१) (क) बमोजिम रेवतराज र केशावतीलाई  जनही दुई करोड एक लाख ६७ हजार ४४७ रुपैयाँ (कुल चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ) जरिवाना तोकिएको छ। सोही ऐनको दफा ३४ (१) बमोजिम आरोपपत्रमा जफत गर्न दाबी लिइएको सम्पत्तिबाट बिगोबराबरको सम्पत्ति जफत हुनेसमेत विशेषले ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रेवतराजका दम्पतीसहित ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरू मनमाया पुरी, देवकुमारी पुरी, कृष्णकुमार पुरी र संगीता पुरीले भने सफाइ पाएका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *