१९ बैशाख २०८१, बुधबार | May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेक्ससले २ सय क्रिकेटरका लागि २० दिने निशुल्क क्याम्प गर्ने



काठमाडौं । नेक्सस क्रिकेट एकेडेमीले यसवर्ष एसईई दिने २ सय जना क्रिकेट खेलाडीहरुलाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ ।

काठमाडौंको पेप्सीकोमा रहेको नेक्ससले ग्रासरुट क्रिकेट विकासमा कोषेढुङ्गा सावित एसईई क्याम्पलाई निरन्तरता दिँदै नेक्ससले एसईई क्याम्पको पाँचौ संस्करण २०८० चैत्र २८ गतेदेखि २०८१ बैशाख १८ गतेसम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।

उक्त क्याम्पमा सहभागी हुन खेलाडीहरुले अनलाइन फाराम भर्नुपर्ने छ । फाराम भर्ने पहिलो २ सय जनालाई क्याम्पमा सहभागी गराईने बताइएको छ । उक्त क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र वरिष्ठ नेपाली प्रशिक्षकहरुले ट्रेनिङ दिने बताउँदै हरेक खेलाडीलाई १० खेल खेल्ने अवसर प्रदान गर्ने कुरा नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए ।

एसईई क्याम्प क्रिकेटका नव प्रतिभाहरुको खोजी गरि नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेको बताउँदै शाहीले एसईई क्याम्पबाटै नेपालको अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको स्मरण गराए ।

पूर्ण निशुल्क सञ्चालन हुने एसईई क्याम्पलाई सफल पार्न सहयोगका लागि सरोकारवाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल समेत गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *