६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति-प्रधानमन्त्री छलफल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । 

एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन् । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ । 

यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे पनि प्रधानमन्त्रीले जानकारी गराउनेछन् । 

कांग्रेससँगको करिब १३ महिने सत्तासमीकरण फेर्दै प्रधानमन्त्री प्रचण्डले आजै एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ गठबन्धन बनाएका हुन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *