१६ बैशाख २०८१, आइतबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष कप भलिबल : मोहन्यालको चोसेकाँडामा हुँदै



कैलाली । कैलालीको मोहन्यालमा दोस्रो ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा यही फागुन २५ गतेदेखि पुरुष र महिलातर्फ भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । यसवर्ष पनि वडास्तरमा ‘वडाध्यक्ष कप’ प्रतियोगितालाई निरन्तरता दिन लागिएको हो ।

खेलकुदको माध्यमबाट स्थानीय क्षेत्रको पहिचान र प्रतिभालाई उजागर गर्न वडाले प्रतियोगितालाई निरन्तरता दिएको जनाएको छ । खेलकुदको आधारशिला अर्थात् पहिलो जग मानिने अन्तर वडास्तरीय प्रतियोगितालाई सफल गर्न र सहभागिता जनाउन वडाबासीलाई आव्हान गरिएको छ ।

वडा कार्यालयले मंगलबार एक सूचना जारी गर्दै दोस्रो ‘वडाध्यक्ष कप’ प्रतियोगितामा आफ्नो टिमको सहभागीता गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रेमबहादुर बुढाका अनुसार प्रतियोगिताका लागि चालू आर्थिक वर्ष २०८००८१ मा वडाले बजेट विनियोजन गरेको थियो । प्रतियोगितामा कुल ४८ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा महिला भलिबलतर्फ प्रथम हुनेले रु १० हजार, द्धितीय हुनेले रु ८ हजार र तृतीय स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने वडाले जनाएको छ । त्यस्तै, पुरुष भलिबलतर्फ प्रथम हुनेले रु १० हजार, द्धितीय हुनेले रु ८ हजार र तृतीय हुनेले ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन् ।

राष्ट्रिय आधारभूत विद्यालय मोहन्याल–१ चोसेकाँडामा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिता अवधिभर खान, बस्न र कुनै चोटपटक लागेका स्वयम्ले उपचारको प्रबन्ध मिलाउनुपर्ने समेत सूचनामा भनिएको छ । ‘वडाध्यक्ष कप’ प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र व्यक्तित्व विकासका लागि सहयोग पुग्ने अपेक्षा लिइएको वडाध्यक्ष बुढाले बताए । प्रतियोगितामा उपस्थित भई शोभा बढाउन वडाबासीमा आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *