६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशुलीमा बस खस्यो, ५ जनाको मृत्यु



काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५  घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

 बसमा सवार ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपिको कमाण्डमा खटिएको १८ जनाको टोलीले उद्धार गरी गजुरी अस्पतालतर्फ पठाइएको उनले जनाए । 

उक्त स्थानमा विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको जनाइएको छ। मृतक तथा घाइतेको पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *