काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै ४१ घाइतेको उद्धार गरी उपचार भइरहेको जनाइएको छ।
मृतकमध्ये ५ जना पुरुष र १ जना महिला रहेका प्रहरीले जनाएको छ।
लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५ घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको थियो।
बसमा अनदाजी ५१ जना सवार थिए। ४१ जना घाईतेको उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपिको कमाण्डमा खटिएको १८ जनाको टोलीले उद्धार गरी गजुरी अस्पतालतर्फ पठाइएको उनले जनाए ।
उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सप्रबउ मनिष थापाको कमाण्डमा ५५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिई उद्धार कार्य भइरहेको छ।
साथै उक्त घटनामा सप्रबल, नेपाल प्रधान कार्यालय मर्मत शाखामा कार्यरत सप्रबह भविश्वर गैरे घाइते भएका र निजको छोरा हालसम्म बेपत्ता रहेको जनाइएको छ।
अन्यको पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया