१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीशंकर आधारभूत विद्यालयलाई माबिमा स्तरबृद्धि गर्न माग



अछाम। ढकारी गाँउपालिकाको गौरीशंकर आधारभूत विद्यालयलाई माबि स्तरको विद्यालयमा स्तरबृद्धि गर्न माग गरिएको छ । ५७ औं अभिभावक भेलामा सहभागि अभिभावहरुले यस्तो माग गरेका हुन् ।

ढकारीको वडा नम्बर ३ जुतीतालीमा रहेको यो विद्यालयलाई माबिमा स्तरबृद्धि नगरिदा गाँउका बालबालिका माध्यामिक स्तरको पढाइका लागि टाढा जानुपर्ने बाध्यता रहेको भन्दै उनीहरुले अभिभावक भेलामा प्रमुख अतीथिका रुपमा सहभागि सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर रावलको ध्यानाकर्षण गराएका छन् ।

अभिभावकहरुले विद्यालयको भवन, घेरा पर्खाल, खानेपानी र सौचालय जस्ता आधारभूत सुविधा उपलब्ध गराइदिन पनि माग गरेका छन् । आफुहरुले विद्यालयमा अक्षय कोष स्थापना गरेकाले त्यसमा समेत सहयोग गर्नुपर्ने स्थानीयको भनाई छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतीथि रावलले गाँउका विद्यार्थीहरु अभावमा रहेकाले उनीहरुलाई गाँउमै उच्च स्तरको शिक्षा लिन पाउने वातावरण बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले जुतीतालीका जनताले राखेका मागमा आफू निकै गम्भीर भएको भन्दै जतिसक्दो छिटो यहाँका माग बारे सम्बोधन हुने गरी सम्बन्धीत निकायमा दबाब दिने बचन समेत दिनु भएको छ । कार्यक्रमका बिशिष्ठ अतिथी ढकारी गाँउपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाहीले गौरीशंकर आधारभूत विद्यालयको स्तरबृद्धि र अन्य समस्या समाधानका लागि स्थानीय सरकारले कुनैपनि कमी हुन नदिने बताउनुभयो ।

उहाँले त्यसका लागि अभिभावक र बिद्यार्थीकै सल्लाह बमोजिम आफुहरु अघि बढ्ने बताउनुभयो । भेलामा नोपली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवरले निर्वाचित जनप्रतिनिधिले गाँउका समस्या बारे गम्भीर हुनुपर्ने बताउनुभयो । भन्नेबोल्ने ठाँउमा पुगेपछि गाँउका समस्या बिर्सन नहुने भन्दै उहाँले जनताका मागमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सभामा बोल्दै नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सचिव नवराज साँउदले राजनीतिक दलका तर्फबाट आफुहरु पहल गरिरहेको भन्दै निर्वाचित जनप्रतिनिधिले यस्ता बिषयमा चासो दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस ढकारी गाउँ कार्यसमितिका सचिव टंक साँउद, नेकपा एमालेका गाउँपालिका संगठन कमिटी अध्यक्ष अम्मरसिंह बुढा, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सचिबालय सदस्य देबेन्द्र बहादुर बुढा र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव लोकेन्द्र सी ले पनि आफ्नो धारणा राखेका थिए ।

भेलामा कार्यपालिका सदस्य इन्द्रा देबी बुढा, पार्वती बुढा र ढकारी गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्र बहादुर बुढा, वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापा, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापा, वडा नम्बर ८ का वडाध्यक्ष उद्धवराज उपाध्यायको पनि उपस्थीति रहेको त्यहाँबाट गौरीशंकर आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिनु भएको छ ।

साथै कालिका देबी माविका प्रधानाध्यापक बिशाखर देवकोटा, गुरुकुल माबिका सिताराम भण्डारी र जग्गा दाता किसन बुढा पनि सहभागि रहेको भेलामा डिल्ली बहादुर खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो भने गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक बल बहादुर बुढाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भेलामा विद्यालयको नयाँ भवनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमको संचालन जनक बहादुर थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *