६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैत्र १९ (अप्रिल १)देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइएको छ । विमानस्थल कार्यालयले ‘रनवे टू–जिरो’को उत्तरी क्षेत्र ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले असार १६ (जुन ३०)सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको जानकारी दिएको छ ।

विमानस्थलको तीन हजार ४५ मिटर लामो रनवेको उत्तरतिर २३६ मिटर भाग बन्द हुन लागेको हो । रनवेको २३६ मिटर घट्ने भएकाले ठूला जहाजलाई रनवे नपुग्ला भनेर अवतरणमा रोक लगाइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *