१६ बैशाख २०८१, आइतबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रशंसनीय खोज प्रशिक्षण गरिदै



काठमाडौं। इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पजिटिभ साइन्सले आगामी २४–२७ चैतमा रूपान्तरणकारी योजना तर्जुमाको लागि प्रशंसनीय खोज प्रशिक्षक प्रशिक्षणको अन्तर्राष्टिय स्तरको प्रोफेसनल तालिम आयोजना गरेको छ ।

व्यक्ति, संघसंस्था र समाजको सकारात्मक रूपान्तरणका लागि तालिम तथा अनुसन्धान गर्दै आएको इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पजिटिभ साइन्स (इरिप्स)ले देशैभरि दिगो र सकारात्मक रूपान्तरण गर्न यस्तो तालिम आयोजना गर्दै आएको छ ।

हाल प्रयोगमा रहेको समस्या समाधान विधिमा आधारित योजना तर्जुमा पद्धतिमा आमूल रूपान्तरण गरी प्रशंसनीय खोजमा आधारित रूपान्तरणकारी योजना तर्जुमामार्फत देशको आमूल रूपान्तरणको मार्ग चित्र कोर्ने आधार तयार गर्न दक्ष र सकारात्मक जनशक्ति विकास गर्ने उद्देश्य उक्त तालिमको छ ।

संघ, प्रदेश र ७५३ स्थानीय सरकार तथा देशभरका सरकारी, गैरसरकारी तथा निजी एवं व्यापारिक संघसंस्थाहरूले प्रशंसनीय खोज विधिमा आधारित भएर योजना तर्जुमा पद्धति अपनाएमा सबै संघसंस्थाले देशको सकारात्मक रूपान्तरणमा अमूल्य योगदान दिन सक्ने अपेक्षा तालिमको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *