६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशमा सुराकी खर्च कटौती



जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् ।

सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए ।

मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्रीले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् ।

मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन् । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।

‘गृह मन्त्रालयमा अहिलेसम्म सुराकीको नाममा मन्त्री, राज्यमन्त्री र सचिवले मनपरी रकम बुझ्ने गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *