२९ भाद्र २०८१, शनिबार | Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साईनिङ्ग स्टार भलिबल प्रतियोगिता : युनिक र केदारको जित



कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार खुल्ला राष्ट्रव्यापी पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित रामजानकी मन्दिर खेल मैदानमा जारी प्रतियोगितामा आज पशुपति युवा क्लब, रानीकुण्डा र युनिक युवा क्लब, तारानगरबीच खेल भएको थियो ।

उक्त खेलमा पशुपतिले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । त्यसैगरी, खेलको दोस्रो सेट भने युनिकले २५–२२ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो । त्यसपछिको तेस्रो सेट पनि युनिकले आफ्नो पक्षमा पार्न सफल भयो । युनिकले तेस्रो सेट २५–२१ ले जित्यो ।

त्यस्तै, आज भएको दोस्रो खेलमा केदार टूर एण्ड ट्राभल्स धनगढीले सुन्दरपुर युवा क्लबमाथि लगातार जित निकालेको थियो । केदार टूरले पहिलो सेट २५–१२ र दोस्रो सेटमा पनि २५–१५ को जित निकालेको हो । तेस्रो खेलमा केदार टूर एण्ड ट्राभल्स धनगढीले बजाज अटोमोबाइल्स मसुरियालाई हराएको छ ।

केदार टूरले बजाजमाथि पहिलो २५–१८ र दोस्रो २५–१५ को सोझो सेट जितेको हो । फागुपूर्णिमा होलीका अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष भेषराज जैसीले बताए ।

यसअघि उद्घाटन खेलमा बसन्त मुरारी माविले आयोजक ‘बी’ टीमलाई २–१ को सेटमा हराएको थियो । पहिलो सेट आयोजक साईनिङ्ग स्टार युवा क्लब ‘बी’ ले बसन्त मुरारीले पहिलो २५–१५ जित निकालेको थियो । दोस्रो र तेस्रो सेट भने, बसन्त मुरारीले आयोजक ‘बी’ टीममाथि २५–१४ र २५–१५ लगातार सेटले जित निकालेको थियो । प्रतियोगिता चैत १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *