१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न सकोस् : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गरेका छन् ।

नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एक अर्कालाई रङ्ग लगाई खुसीयाली साटासाट गर्दै खेलिने फागु पर्व (होली) को पावन अवसरमा सभापति देउवाले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

‘फागु पर्व (होली) मा खेलिने विविध रङहरु जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपले विविधतापूर्ण रहेको छ । यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ,’ उनले भनेका छन्, ‘फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *