१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साईनिङ्ग स्टार भलिबल : पहिलो क्वाटर फाइनलमा ॐ शिवहरि विजयी



कैलाली । छैठौं संस्करणको साईनिङ्ग स्टार खुल्ला राष्ट्रव्यापी पुरुष भलिबल प्रतियोगितामा आज लिग चरणका खेल सम्पन्न भएका छन् । कैलालीको बर्दगोरिया–३, खैरेनीस्थित रामजानकी मन्दिर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आज लिग चरणका ६ र क्वाटर फाइनलको एक खेल सम्पन्न भएको आयोजक साईनिङ्ग स्टार यूवा क्लबले जनाएको छ ।

आजको पहिलो खेल आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ र तौलाहा गार्डेन, धनगढीबीच भएको खेलमा आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ ले लगातार सोझो सेटमा जित निकालेको छ । उक्त खेलमा साईनिङ्ग स्टार यूवा क्लब ‘बी’ ले पहिलो सेट २५–९ र दोस्रो सेट २५–९ अङ्कसहित जित हासिल गरेको हो ।

त्यस्तै, आजै भएको दोस्रो तौलाहा गार्डेन, धनगढी र बसन्त मुरारी मावि, बौनिया बीचको खेलमा तौलाहा गार्डेनले जित आफ्नो पक्षमा पार्‍यो । सो खेलमा पहिलो सेट भने तौलाहाले पहिलो सेट २५–१४ र दोस्रो सेट २५–१३ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।

आजको तेस्रो खेल टंक अटोमोबाइल्स, मसुरिया र सुन्दरपुर युवा क्लबबीच भएको थियो । सो खेलमा टंकले सुन्दरपुरमाथि सोझो सेटले जित हात पार्‍यो । टंकले पहिलो सेट २५–१९ र दोस्रो सेटमा पनि २५–२० को जित निकालेको हो । लिग चरणको चौंथो खेल युनिक युवा क्लब, जरही र आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ बीचको प्रतिस्पर्धामा आयोजक ‘ए’ ले २५–१७ र २५–२३ को लगातार जित निकाल्यो ।

त्यस्तै, पाँचौं खेल ॐ शिवहरि ज्ञान केन्द्र, खैरेनी र अपि शैपाल थकाली भान्सा घर, धनगढीको टोलीबीच भएको थियो । उक्त खेलमा अपि शैपाल सहभागी नभएपछि वाकओभरमा ॐ शिवहरिलाई विजयी घोषित गरिएको थियो । आजको छैठौं खेल पशुपति युवा क्लब, रानीकुण्डा र आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ बीच भयो । उक्त खेलमा साईनिङ्ग स्टारले पशुपतिमाथि लगातार २५–१५ र २५–१३ को जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै, पहिलो क्वाटर फाइनल खेल ॐ शिवहरि ज्ञान केन्द्र, खैरेनी र टंक अटोमोबाइल्स, मसुरियाबीच भएको आयोजक क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । उक्त खेलमा ॐ शिवहरिले टंक अटोमोबाइल्समाथि पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ अङ्कमा जित निकालेको छ ।

भोलि हुने क्वाटर फाइनल अन्तर्गतको दोस्रो खेल आयोजक साईनिङ्ग स्टार यूवा क्लब ‘ए’ र बसन्त मुरारी माविबीच हुनेछ । त्यस्तै, तेस्रो खेल तौलाहा गार्डेन, धनगढी र युनिक युवा क्लब, जरहीबीच हुनेछ । फागुपूर्णिमा होलीका अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष जैसीले बताए ।

प्रतियोगिता यही चैत १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *