१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले इलाममा नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने



काठमाडौं । नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यलय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘बैठकले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’

एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उक्त स्थान रिक्त थियो । सिफारिस भएका सुहाङ सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र हुन् ।

यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *