१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझैँ भेटिएनन् कोशीमा बेपत्ता बालबालिका



उदयपुर । सुनकोशी नदीमा वेपत्ता भएका तीन बालबालिका २४ घण्टा वित्दासमेत फेला पर्न सकेका छैनन् । आइतबार दिउँसो होली खेलेर नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी राखे पनि अझै फेला पर्न सकेका छैनन् । 

आइतबार राति अवेरसम्म खोजी गर्दा नभेटिएपछि सोमबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । उदयपुर र खोटाङबीचको धाब्लाङस्थित सुनकोसी नदीमा नुहाउन गएका त्रियुगा नगरपालिका १४ साउनेकी १२ वर्षीया रेखा मगर,१२ वर्षीय लोकबहादुर मगर र ९ वर्षीय रिदम मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । 

उनीहरू होली खेलिसकेपछि घरदेखि ६ किलोमिटर तल धाब्लाङस्थित कोसीमा नुहाउन पुगेका थिए । आठजनाको समूहमा रहेका उनीहरुमध्यु पाँचजनालाई स्थानीयले तत्काल उद्धार गरेका थिए । 
वेपत्ता भएलगत्तै स्थानीयवासी,प्रहरी र सशस्त्र प्रहरी बल ५ नं.हेडक्वाटर त्रियुगाको टोलीले खोजीकार्य जारी राखेपनि अझैसम्म फेला पर्न सकेको छैन् । घट्नास्थलभन्दा १ किलोमिटर तलसम्म खोज्दा नभेटेपछि सोमबार तालिम प्राप्त गोताखोरले खोजीकार्य सुरु गरिएको वडाध्यक्ष हिमराज मगरले बताए ।

एकै गाउँका तीन बालबालिका वेपत्ता भएसँगै सिङ्गो साउने बजार स्तब्ध भएको छ । वेपत्ताको खोजीकार्यमा पुरै गाउँ नै परिचालन भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार अघिल्लो दिन छिट्टै रात परेकाले सोमबार विहानैदेखि खोजी गर्न थालिएको छ । 

केही दिनअघि सुरू भएको वर्षा आइतबार बिहानसम्म निरन्तर भइरहेकाले नदीमा पानीको सतह बढेकाले खोजी कार्यमा तालिम प्राप्त जनशक्ति खटाइएको उनले बताए । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *