१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु



काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक रहेका छन् ।उनीहरूहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *