१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वर्षमा ६२७ कैदीको मृत्यु



काठमाडौं । पछिल्लो १० वर्षको अवधिमा ६ सय २७ कैदीबन्दीले ज्यान गुमाएको देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा ६२७ कैदीबन्दीले ज्यान गुमाएका छन् ।

त्यसमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाको कारागारमा कैदीबन्दीले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकाको डिल्लीबजार कारागार, केन्द्रीय कारागार सुन्धारा र ललितपुरको नख्खु कारागारका २९४ कैदीको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

उपत्यकाकै कारागारमा सबैभन्दा बढी मृत्युको दर हुनुमा उपचार नै नपाएर भन्दा पनि कालगतिले मृत्यु भएको बुझ्नु पर्ने दाबी कारागार व्यवस्थापन विभागका निर्देशक समेत रहेका प्रवक्ता कमलप्रसाद पाण्डेले दाबी गरे ।

त्यसपछि सबैभन्दा बढी कोशी प्रदेश अन्तर्गतका कारागारमा १५५ जना कैदीबन्दीको मृत्यु भएको छ । कोशी प्रदेशका १४ कारागारमध्ये पनि मोरङ कागारमा बढी कैन्दीबन्दीको मृत्यु भएको पाइएको छ ।

मोरङमा २०७८ सालमा एक वर्षको अवधिमा मात्रै १९ जना कैदीबन्दीको मृत्यु भएको थियो । मतृक एक कैदीबन्दीको पनि पोष्टमार्टम नभएको भन्दै त्यतिबेला कारागार प्रशासनको आलोचना समेत भएको थियो ।

त्यसैगरी पछिल्लो १० वर्षको अवधिमा बागमती प्रदेश अन्तर्गतका कारागारमा रहेका ६१ जना कैदीबन्दीले ज्यान गुमाएका छन् ।

मधेश प्रदेश अन्तर्गतका कारागारमा रहेका ५० जना, लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका कारागारहरुमा २९ जना, गण्डकी प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा १२ जना, सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला कारागारका ६ जना र कर्णाली प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा २ जना गरी पछिल्लो १० वर्षको अवधिमा ६२७ कैदीबन्दीको मृत्यु भएको पाइएको छ ।

मृत्यु भएकामध्ये १८ जना महिला र ६०९ जना पुरुष छन् । उनीहरु मध्ये केहीको हत्या भएको छ केहीको कालगतीले मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *