१८ बैशाख २०८१, मंगलबार | May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमानको धारिलो हतियार प्रहारले महिलाको मृत्यु



तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ ।

३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए । जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् ।

शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *