१७ बैशाख २०८१, सोमबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसन्त मुरारीले पायो उपहारस्वरुप स्कुल बस




कैलाली । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत बसन्त मुरारी नमूना माविले स्कुल बस उपहार पाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बसन्त मुरारी नमूना माविले भारतीय राजदूतावासबाट उपहारस्वरुप स्कुल बस पाएको हो ।

आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काठमाडौंमा एक कार्यक्रमकाबीच स्कुल बस हस्तान्तरण गरेका थिए । राजदूत श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस दिएकामध्ये बसन्त मुरारीले पनि उपहारस्वरुप स्कुल बस पाएको हो ।

भारत सरकारले तीन दशकदेखि आफ्नो स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस प्रदान गर्दै आएको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त स्कुल बसले विद्यालयको शैक्षिक विकासमा थप मद्दत पुगेको प्रअ ताराप्रसाद जोशीले बताए ।

भारतीय दूतावासबाट प्राप्त सहयोगले शिक्षालाई गुणस्तरीय र सुदृढ बनाउन विद्यालयले गरेको प्रयासमा थप उर्जा र हौसला मिलेको उनले बताए । प्रअ जोशीका अनुसार विद्यालयमा स्कुल बस ल्याउन गत जनवरी अर्थात् पुसमा भारतीय दूतावासमा स्कुल बस मागको प्रस्ताव गरिएको थियो ।

भारतीय दूतावासले गरेको सहयोगको प्रसंशा गर्दै उनले स्थानीय तहमै सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले कार्यान्वयनमा निरन्तर जोड दिएको बताए । ‘विद्यालयलाई बहुआयामिक शैक्षिक संस्थाका रुपमा स्थापित गर्न विद्यालयमा नमुना विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकासमा जोड दिइएको छ ।’ प्रअ जोशीले भने, ‘सरकारी अवधारणा अनुसार सरकार र सरोकारवाला सबैको सहयोग तथा अथक प्रयासले प्रविधियुक्त र व्यावसायिक शिक्षामा केन्द्रित हुँदै सबै कक्षामा डिजिटल बोर्डको प्रयोगबाट अध्यापन गराउँदै आएका छौँ ।’

विद्यालयमा यातायात सुविधाको आवश्यकता महसुस भएको उल्लेख गर्दै प्रअ जोशीले आगामी साउन–भदौभित्र अर्काे बस पनि प्राप्त हुन लागेको जानकारी दिए । स्कुल बस प्राप्त हुँदा विद्यालय शिक्षामा विद्यार्थीको सहज पहुँच पुग्ने र विद्यालयको आर्थिक पक्षमासमेत टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

स्कुल बसले मोहन्याल, लम्कीचुहा, जोशीपुर र घोडाघोडी अन्तर्गतका छिमेकी पालिकाबाट पढ्न आउने विद्यार्थीलाई दिनहुँ यातायात सुविधा पुर्‍याउन सकिनेछ । वि.सं २०१८ सालमा स्थापना भएको बसन्त मुरारी नमुना माविले बालमैत्री वातावरणमा साधारण र प्राविधिक शिक्षामा जोड दिएको जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *