३ आश्विन २०८१, बिहिबार | Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला संजाल चौरपाटीको बैठक सम्पन्न



मंगलसेन । चौरपाटी गाँउपालिकामा महिला संजालको बैठक सम्पन्न भएको छ । संजालका अध्यक्ष क्षेत्र कुमारी कुँवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

गाँउपालिकाका अध्यक्ष भीमबहादुर साउँदको बिशेष उपस्थीतिमा भएको बैठकले वडा स्तरका महिला संजालहरुलाई आफ्ना आवश्यकताका आधारमा योजनाहरु छनौट गरेर जेठ मसान्त अघि गाँउपालिकामा पठाउन समन्वय गर्ने निर्णय गरेको छ ।

यसरी योजना पठाउदा लक्षित वर्ग अन्तर्रगत रहेका पछाडी पारिएका, राज्यको पहुँचबाट टाढा रहेका, एकल महिला, विपन्न महिला लगायतको आवश्यकता बमोजिम कार्यक्रम तथा योजनाहरु छनौट गरी आगामी बजेट नीति तथा कार्यक्रममा पेश गर्नका लागि जेठ समान्त अघि नै बस्ने संजालको गाँउपालिका स्तरीय बैठकमा पठाउन वडा संजाललाई अनुरोध समेत गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८१ / ८१ को विनियोजित महिला शसक्तीकरण तथा नेतृत्व विकास कार्यक्रम तत्काल संचालन गर्ने निर्णय पनि बैठकले गरिएको छ । बैठक मार्फत वडा स्तरमा हुने बालविवाह, बहुविवाह, लैंगिक हिंसा र यौनजन्य हिंसाको तथ्यांक संकलन गरी संजालको पालिका स्तरीय वैठकमा पेश गर्न वडा संजालहरुलाई निर्देशन गरिएको छ ।

बैठकमा संजालका सदस्यहरु कमला जोशी, पवन साउँद, टंक खड्का, कौसिला साउँद, भगवती खड्का, राज्य बोगटी, भवगती बोहरा, लाली साउँद, कुन्ती साउँद, धनशोभा खड्का र सदस्य सचिव मिलन कुँवरको उपस्थीति रहेको थियो । अब संजालको आर्को वैठक जेठ मसान्त अघि फेरि बस्ने छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *