२२ आश्विन २०८१, मंगलबार | Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



मोरङ । कोशी प्रदेश सरकारले सोमबार ल्याउने नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी हुने भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्की पदबाट बाहिरिएसँगै प्रदेशसभाको बर्खे अधिवेशन बैठक बाहिर रहँदै आएको कांग्रेस पहिलोपटक सोमबारको बैठकमा सहभागी हुन लागेको हो ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार नीति तथा कार्यक्रममा प्रदेश प्रमुखले सम्बोधन गर्ने हुँदा कांग्रेसले सहभागिता जनाउने कुरा अघि बढेको हो । केन्द्रले समय बैठकमा सहभागिता जनाउन निर्देशन दिएको बताउँदै प्रमुख सचेतक तामाङले सोमबार बिहान संसदीय दलको बैठक बसेर अपरान्हको प्रदेशसभा बैठकमा उपस्थित हुने प्रस्टाए ।

उनले भने, ‘हामीले अघिल्ला बैठक बहिष्कार गरेपनि नीति तथा कार्यक्रमलाई बहिष्कार गर्दैनौं । केन्द्रले नै बैठकमा सहभागी हुन निर्देशन जारी गरेको छ । त्यसैअनुसार अघि बढ्छौं ।’ कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जनाउँदै प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो । सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी सरेपछि कांग्रेस प्रदेशसभा बैठकमा सहभागी हुने भएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *