१६ बैशाख २०८२, मंगलबार | Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कहाँ-कहाँ पर्दैछ पानी ?



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जस कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *