१६ कार्तिक २०८१, शुक्रबार | Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्वास्थ्य कार्यक्रमहरुको समिक्षा सुरु



अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था बारे समिक्षा गर्न अछाम जिल्लाका दशवटै स्थानिय तहका स्वास्थ्यकर्मीहरु सदमुकाम मंगलसेनमा जम्मा भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमहरुको समिक्षाका लागि उनीहरु मंगलसेनमा जम्मा भएका हुन् ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाको अध्यक्ष तथा मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल (सोडारी) को प्रमुख आतिथ्यता एंव प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको बिशिष्ठ आतिथ्यतामा उद्घाटन भएको गोष्ठीमा आइपुगेका पालिका स्तरका स्वास्थ्यकर्मीहरुले आफुले गरेका कार्यक्रमको समिक्षा गरिरहेका छन् ।

उनीहरुले आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाको समग्र स्वास्थ्य सेवा प्रभाहको अवस्था बारे प्रत्येक पालिका स्तरका स्वास्थ्य शाखाहरुको तथ्यांकका आधारमा छलफल गरिरहेका छन् । गोष्ठीको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मंगलसेन नगरपालिकाका उपप्रमुख रावलले स्थानिय तहहरुले आफुले गरेका कामहरुको एक आपसमा समिक्षा गरेर आगामि कार्ययोजना निर्माण गर्न सुझाब दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्र निकै संवेदनसिल क्षेत्र भएकाले यसमा निकै गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मंगलसेन नगरपालिकाले पूर्वयोजना अनुसार लक्ष्य हासिल गर्न नसकेको भन्दै उहाँले अब आगामि योजना बनाउदा बिगतको सिकाइका आधारमा थप परिमार्जन गरेर योजना निर्माण गरी नगरको स्वास्थ्य क्षेत्रलाई अझै सबल बनाउनेमा आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उद्घाटन कार्यक्रमको समापन समारोहमा बिशिष्ठ अतिथिका रुपमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी लम्सालले बिगतको सिकाइका आधारमा नयाँ योजना बनाउन सुझाब दिनुभयो ।

त्यही अनुसार कार्ययोजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो । सुरुमा जे योजना बनाइन्छ त्यही अनुसार कार्यक्रम समेत कार्यान्वयनमा ध्यान दिए मात्र जिल्लाको स्वास्थ्य सेवा गुणस्तरिय हुने उहाँले बताउनुभयो । भोली मंगलबार सम्म सञ्चालन हुने गोष्ठीमा सहभागि अछामका दशवटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख लगायत अन्य स्वास्थ्यकर्मीहरुले पहिलो दिन आर्थिक वर्ष २०८०/०८१ को समिक्षा गरेका छन् ।

गोष्ठीमा जिल्ला समन्वय समिति अछामका सदस्य पूर्ण बहादुर रावल, गोरख बक्स गण मंगलसेनका प्रमुख सेनानी संगम अधिकारी, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, अछाम जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष शिव बोगटी, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक उत्तमराज उपाध्याय, तथ्यांक अधिकृत सम्भु नारायण पन्त र महेश बोहरा लगायत अन्य सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको छ ।

गोष्ठीको उद्घाटन कार्यक्रम क्षय कुष्ठ रोग निरीक्षक दिपेन्द्र जोसीले सञ्चालन गर्नु भएको थियो । आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजना निर्माण गर्दै भोली मंगलबार गोष्ठी समापन हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *