धिर्कामान्डौं (डोटी) । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ स्थित दर्जाकोट माविले दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शिक्षक र विद्यार्थी बिच शुभकामना आदानप्रदान गरेको हो ।
प्रधानाध्यापक हर्क बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका २७० बढी विद्यार्थीहरु सँगै शिक्षक र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । विभिन्न सांगीतीक प्रस्तुतीहरु सहित गरिएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ विद्यालयको तर्फवाट रातो टिका लगाएर प्रधानाध्यापक हर्क बहादुर बोहरा, माबि शिक्षक लाल बहादुर रोकाया, दुर्गा बोहरा र लेखापाल सिताराम बिनाडी लगायतका शिक्षकहरुले दसैं, तिहार र छठ पर्वको शुभकामना दिएका थिए।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले दशैं तिहार संग सम्वन्धित गीतहरु मार्फत आफना विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक लाल बहादुर रोकायाले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बोहराले दसैं, तिहार र छठ पर्वले सबै विद्यार्थी र उनीहरुको घर परिवारमा सुख, शान्ति र समृद्धिले छाओस् भन्दै शुभकामना दिनुभयो ।
उहाँले हरेक वर्ष विद्यालयले आपसी सद्भावका लागि शुभकामना आदानप्रदान गर्ने गरेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताउनुभयो । शुभकामना दिने क्रममा विद्यालयका लेखापाल सिताराम बिनाडीले विद्यालय र शिक्षकहरुले दिएको ज्ञान सधैं सदुपयोग गर्ने सतवुद्धि जागोस् भन्दै विद्यार्थीहरुलाइ शुभकामना दिनुभयो ।
उहाँले कहिल्यै नहार्ने, कहिल्यै कम्जोर नहुने अनि कहिल्यै गलत वाटो हिड्ने दिन विद्यार्थीहरुको जीवनमा नआओस् भन्दै दुर्गा माता सँग कामना समेत गर्नुभयो । शुभकामना आदानप्रदान सँगै आज घटस्थापनाको दिनदेखि बिदा भएको विद्यालय मंसिर २ गतेबाट सुचारु हुनेछ ।
तर विद्यालयको प्रशासन शाखा भने दसैं तिहारको बिचमा खुला नै रहने बारे कार्यक्रममा जानकारी गराइएको थियो । शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन दर्जाकोट माविको बालबाटिका बाल क्लबका सचिव राम रावलले गर्नु भएको थियो ।
प्रतिक्रिया