काठमाडौं। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी अझै ५ दिन हिरासतमै रहने भएका छन् ।
शुक्रबार अदालतले उनलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो।
अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।
प्रतिक्रिया