३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको आराेप– सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको व्यक्ति केपी ओली



पाेखरा । राष्ट्रिय स्वतन्त्र  पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जगमा उभिएको वर्तमान सरकारले आफूमाथि झुटा मुद्दा लगाएको बताएका छन्। प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गर्ने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले केपी ओली सरकारमा रहेसम्म यस्ता ‘अपराध’ भइरहने आरोप लगाए।

देशका लागि सडकमा आउनुपर्ने अवस्था आउन सक्ने भन्दै लामिछानेले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ। त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही वेलामा देशैभरिबाट जो–जो जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशको लागि बाहिर निस्कनुपर्ने वेला आउन सक्छ।’

आफूलाई जस्तै डेढ वर्ष लगाएर छानबिन गर्ने हो भने केपी ओली देशकै भ्रष्ट व्यक्ति भएको आरोप लगाउँदै उनले यो दुर्भाग्य भएको टिप्पणी गरे।

‘यो सरकार रहेसम्म यस्तै हर्कत गरिरहन्छ, उसले झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहन्छ,’ लामिछानेले भने, ‘यो सरकार नढलेसम्म, केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहन्छन्, यो देश कहिल्यै बन्दैन। भ्रष्टाचारीहरूलाई संरक्षण गरेर, सारा सहकारीपीडकहरू आफ्ना पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउने। यसको छानबिन भयो भने, मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । यो देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ३ : १० बजे

  • ...
    Your code of destiny

    I'm extremely inspired along with your writing talents and also with the layout on your blog. Is this a paid theme or did you modify it yourself? Either way stay up the nice quality writing, it's rare to see a nice blog like this one today!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *