अछाम । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी अछामले मंगलसेनमा शान्तिपूर्ण बिरोध प्रदर्शन छ । झुठा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै अन्य ठाउँ जस्तै अछाममा पनि रास्वपाले बिरोध गरेको हो ।
जिल्ला अस्पताल नजिकबाट सुरु भएको बिरोध प्रदर्शन मंगलसेन दरबार परिसर, बिच बजार, बैरागीधारा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । पार्टीका केन्द्रीय सदस्य ज्वाला संग्रौला सहित प्रशासन कार्यालय पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यक्रताहरुले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापन पत्रमा रास्वपाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ७ वटा बुदामा ध्यानाकर्षण समेत गराएको छ । जसमा राजनीतिक प्रतिसोधका आधारमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ ।
त्यस्तै सहकारीको ८७ अर्ब बढी रकम अपचलन गर्नेहरु र मिटर ब्याजीलाई पक्राउ गरि कारबाही गरिनुपर्ने, यी दुबै समस्याबाट पीडितहरुका गुनासा सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालयमा तत्काल हेल्प डेस्क स्थापना गर्नुपर्ने, बासबारी जग्गा, ललिता निवास जग्गा र टिकापुर जग्गा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने रास्वपा अछामले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
यसैगरी भुटानी शरणार्थी काण्डाको निष्पक्ष छानबीन तथा ललिता निवास जग्गा प्रकरणमा मुछिएका मीनबहादुर गुरुङले अपराध ढाकछोपका लागि एमाले पार्टी कार्यालय निर्माणका गर्न जग्गा दान गरेको बिषयको सत्यतथ्य रुपमा छानबिन र २०४६ सालपछिका सबै भष्ट्रचार बारे छानबिनका लागि छुट्टै सेल खडागरी दोषिलाई हदै सम्मको कारबाही गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अछामले झुटा मुद्दा लगाएर यसरी आफ्नो अपराध ढाकछोप गर्न निर्दोष नेता तथा कार्यक्रतालाई दोषि करार गरे सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
बिरोध प्रदर्शनमा केन्द्रीय सदस्य संग्रौला सहित पार्टीका जिल्ला सभापति ओमप्रकाश रावल, सचिव दिपक महर, निर्बाचन क्षेत्र समितिका सदस्यहरु सेती राम भण्डारी, भरतचन बटाला, जिवन तिमिल्सिना, पालिका सभापतिहरु महेन्द्र बहादुर बयक, तारा प्रसाद भण्डारी, उपसभापति कमल जैसी, बैजन्ती खत्री, वडा सभापतिहरु नेत्र राज खत्री र दिपक साउँद लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया