१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



पाेखरा । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतसँग अनुमति माग गरेको थियाे।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हाे।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *