२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रावलनिकट कार्यकर्ताले गरे पार्टी नेतृत्वविरुद्ध नाराबाजी



अछाम । साँफेबगर नगरपालिकामा एमाले नेता भीम रावलनिकट नेता कार्यकर्ताले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका छन्। नेता रावललाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णयपछि उनीनिकट कार्यकर्ताले विरोध जनाएका हुन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पार्टीका जिल्ला इन्चार्ज झपट बोहरा र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी साँफेबगर पुगेलगत्तै उनीहरू नाराबाजीमा उत्रिएका थिए। एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बोहराका अनुसार दसैँतिहारको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रमका लागि इन्चार्ज बोहरा र प्रदेश अध्यक्ष जैसीलगायतका नेता साँफेबगर आएका थिए। तर, नेता रावललाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीको निर्णय तथा प्रदेश कमिटीकाे विज्ञप्तिपछि उनीनिकट नेता-कार्यकर्ता नाराबाजीमा उत्रिएका हुन्।

उनीहरूले भीम रावल जिन्दावाद, स्पष्टीकरण सोध्ने निर्णय फिर्ता ले, प्रदेश कमिटीको विज्ञप्ति खारेज गर भन्दै जिल्ला इन्चार्ज बोहरालाई लक्षित गर्दै विभिन्न नारा लगाएका थिए।

जिल्ला इन्चार्ज बोहरा र प्रदेश अध्यक्ष जैसी पार्टी अध्यक्ष केपी ओलीनिकट हुन्। भीम रावलनिकट नेता तथा नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहलगायतका नेताहरूको नेतृत्वमा भएको नाराबाजीमा सहभागीहरूले साँफेबगरको एयरपोर्ट बजार क्षेत्रमा पार्टी नेतृत्व बिरुद्धविरोध प्रदर्शन गरेका थिए। उनीहरू नाराबाजीमा उत्रिएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर इन्चार्ज बोहरा र प्रदेश अध्यक्ष जैसीलगायतको टोली धनगढी फर्किएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *