२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ११ जना बिरुद्ध मुद्धा दर्ता



मंगलसेन । अछाममा छुट्टाछुट्टै दुई घटनाका ११ जना बिरुद्ध मुद्धा चलाइएको छ । उनीहरु मध्ये नौ जनालाई ज्यान मार्ने उद्योग र दुई जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा चलाइएको हो ।

यसरी मुद्धा चलाइएकाहरु दुई जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने अन्य नौ जना मंगलसेनका हुन् । केहि दिन अघि बिनायक बजारमा रहेको प्रहरी चेक पोष्ट पल्टाउनुका साथै ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाउने कार्यमा संलग्न रहेको कसुरमा स्थानिय बिजय भनिने बखत बहादुर शाही र हितेश तिमिल्सिनालाई पक्राउ गरि मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।

उनका अनुसार शाही र तिमिल्सिनाले अन्य तीन जना समेतको संलग्नतामा मदिरा सेवन गरी जथाभावि गालीगलौज गर्दै बिनायकको बिच बजारमा रहेको प्रहरी बिट पल्टाएका थिए भने ड्युटीमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाइदिएका थिए ।

घटना पश्चात फरार रहेका पाँच जना मध्ये शाही र तिमिल्सिना पक्राउ परेपनि उनीहरु सँगै रहेका अन्य तीन जना भने अझै प्रहरीको खोजी सूचीमा रहेको डीएसपी भण्डारीले बताए । उनीहरुले मदिरा सेवन गरी कतब्र्यको सिलसिलामा खटिएका सुरक्षाकर्मी माथि हातपात गर्नुका साथै सार्वजनिक सम्पति तोडफोड गरेकाले कानून बमोजिम मुद्धा चलाइएको हो ।

त्यस्तै गत आसोज ३० गते जिल्लाको तिमिल्सैन स्थित सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने मंगलसेन नगरपालिकाको वडा नम्बर ३ र ४ का नौ जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्धा चलाइएको हो ।

पक्राउ परेका जम्मा २३ जना मध्ये १४ जना माथि ब्यापक अनुसन्धान गर्दा नौ जनाको प्रत्यक्ष संलग्नता देखिएको भन्दै उनीहरुलाई जिल्ला अदालत अछामको आदेश अनुसार मुद्धा चलाइएको डीएसपी भण्डारीले बताए । उनका अनुसार गत असोज ३० गते जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सेनमा लागेको सैनीगडा मेलामा मंगलसेन नगरपालिका वडा नम्बर ३ र ४ तथा बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ सुगालीका युवाहरुको समूहबीच ‘ग्याङ फाइट’ भएको थियो ।

खुकुरी र फलामका रड सहित बाटो ढुकेर बसेका मंगलसेनका युवाहरुले सुगालीका युवाहरुको समूह माथि आक्रमण गरेका थिए । खुकुरी र फलामका रड लगायतका हतियारले आक्रमण गर्दा सुगालीका बिराज रावल, बिनय रावल र महेन्द्र रावल घाइते भएका थिए । उनीहरुको टाउको, ढाड, घाटी र पिठ्युमा चोट लागको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *