१६ कार्तिक २०८१, शुक्रबार | Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीका प्रत्येक वडामा माटो परिक्षण शिविर हुने



मंगलसेन । अछामको ढकारी गाउँपालिकाले माटो परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । कृषकहरुलाई लक्षित गरी प्रत्येक वडामा शिविर सञ्चालन गर्न लागिएको हो ।

त्यसका लागि पहिलो चरणमा किसानहरु मार्फत माटो संकलन गरिने भएको छ । कार्तिक ७ गतेको मितिले २१ दिन भित्र अन्न र तरकारी बाली तथा फलफूल बालीका लागि छुट्टाछुट्टै माटो संकलन गरेर गाउँपालिकाको कृषि विकास शाखामा पठाउन गाउँपालिकाले सबै वडाका किसानहरुलाई आग्रह गरेको छ ।

गाउँपालिकाको कृषि विकास शाखाले जारी गरेको सार्वजनिक सूचना अनुसार आर्थिक वर्ष २०८१/८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्रगत गाउँपालिकाका सबै ८ वटै वडामा शिविर गर्न लागिएको हो ।

जसका लागि किसानलाई नियमानुसार माटो संकलन गरेर पठाउन भनिएको छ । माटो संकलन गर्दा नामथर, ठेगाना, खेतबारीको किसीम, लगाउने बाली, मिति र जमिनको गहिराई सहितका विवरण अनिवार्य रुपमा पठाउन भनिएको छ ।

सोही आधारमा अन्नबाली र तरकारी बाली वा फलफूल बाली केकालागि उपयुक्त माटो हो भनेर निर्धारण गरिने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *