१९ कार्तिक २०८१, सोमबार | Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावल पार्टीको विधि बाहिर गए : केन्द्रिय सदस्य तिमिल्सेना



अछाम । नेकपा एमालेका केन्द्रीय  सदस्य कमल तिमिल्सेनाले भीम रावल पार्टीको मुल्यमान्यता र विधि बाहिर गएको आरोप लगाउनु भएको छ । जसका कारण रावलमा विचलन आएको उहाँको भनाई छ ।

सोसाइटी अनलाइन टिभी र रेडियो सोसाइटी एफएमको रियल फेस कार्यक्रममा पत्रकार ध्रुव बीसी सँग अन्तरवार्ता दिदै केन्द्रीय सदस्य तिमिल्सेनाले नेता रावलले आफु निकट केहि व्यक्तिलाई समेत विधिको उल्ङ्घन गर्ने कार्यमा अराजक रुपमा अघि सारेको आरोप पनि लगाउनु भएको छ ।

जसको परिणाम केहि समय अघि अछामको साँफेबगरमा भएको प्रदर्शनलाई लिन सकिने उहाँले बताउनुभयो । केन्द्रीय सदस्य तिमिल्सेनाले पार्टी नेतृत्वलाई सार्वजनिक रुपमा खुइल्याउने, कालो झण्डा देखाउने जस्ता अराजक कार्य गरेको भन्दै साँफेमा भएको प्रदर्शनमा संलग्नहरुलाई जिल्ला कमिटीले स्पष्टिकरण सोधेको बताउनुभयो ।

यदि चित्त बुझ्दो जवाफ नआए थप कारबाही समेत हुनसक्ने उहाँले चेतावनी दिनुभयो । भीम रावलले नै हुनत म एमाले हुँ तर संगठनमा कहिपनि बस्दिन र मलाई केहि पनि लागु हुँदैन भन्ने प्रवृति देखाउने गरेको भन्दै तिमिल्सेनाले आक्रोश पोख्नु भयो । त्यो तरिकाले एमाले पार्टी चल्न नसक्ने उहाँको बुझाई छ ।

पत्रकार ध्रुव बीसीको एक अर्को प्रश्नमा केन्द्रीय सदस्य तिमिल्सेनाले देशको परिवर्तनका लागि विगतमा भएका त्याग, तपश्या र बलिदानपछि पनि जनता पलायन हुने अवस्था नरोकिएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

अहिले पनि मानिसहरु बसाई सरेर जाने क्रम झनझन तिब्र रुपमा बढिरहेको भन्दै त्यस तर्फ सरकारका योजना बन्नुपर्ने उहाँको भनाई छ । पहाडका दुर्गम गाउँहरु खाली हुन थालेकाले स्थानिय सरकारले पनि बसाँइसराई रोक्ने र युवा पलायन घटाउने खालका योजना निर्माण गर्नुपर्ने उहाँको सुझाब छ ।

एमाले केन्द्रीय सदस्य तिमिल्सेना सँगको अन्तरवार्ताको पुरा अंश हेर्नुहोस्

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ४ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *