१ माघ २०८१, मंगलबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावलले मलाई कसिङ्गर सम्झीए : नगर प्रमुख बोहरा



मंगलसेन । अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले एमाले नेता भीम रावलले उहिले देखिनै आफुलाई कसिङ्गरको व्यवहार गरेको आरोप लगाउनु भएको छ । जसका कारण आफुले समयमै नेतृत्व गर्न नपाएको उहाँको भनाई छ ।

सोसाइटी अनलाइन टिभी र रेडियो सोसाइटी एफएमको रियल फेस कार्यक्रममा पत्रकार ध्रुव बीसी सँग अन्तरवार्ता दिदै नगर प्रमुख बोहराले त्यो बेला देखि नै रावल गुट निकटको नेताका रुपमा मात्रै हिडेको आशय प्रकट गर्नुभयो । रावलले आफुलाई नेतृत्वमा आउन नदिन उतिबेला एमालेको जिल्ला अधिवेशन समेत शासकिय शैलीमा गरेर पदम बोहराका पक्षमा उभिएकै कारण आफु निकटहरुलाई दमन गरेको बताउनुभयो ।

आफुले सहमति नदिएर पार्टी अध्यक्षको लागि मतदानमा जाने अडान लिएपछि भीम रावलले आफुले भनेको नमान्ने भनेर हकारेको भन्दै बोहराले मतदानका बेला समेत काठमाडौंबाट विद्यार्थीहरु ल्याएर फर्जी मत खसाली आफुलाई हराएको गुनासो गर्नुभयो ।

त्यो दिन मतदानका बेला उनीहरुले शासक जस्तै व्यवहार गरेपछि असुरिक्षत महसुस गरेर आफु राति मतदान स्थलको पर्खाल नाघेर भागेको तितो अनुभव समेत बोहराले सुनाउनुभयो । यस्तै हर्कतका कारणले अहिले भीम रावल र उनी निकटहरुको रुवाबासी चलेको मेयर बोहराको भनाई छ ।

एमाले अछामका नेता समेत रहेका बोहराले त्यो बेला रावल निकट भएर हिड्नेहरु समेत अहिले पछुताएको उल्लेख गर्नुभयो । उ बेला आफुलाई असहयोग गरेकाहरु समेत अहिले आएर गल्ति स्विकारर्दै पश्चाताप गरिरहेको उहाँको भनाई छ ।

तर आफु जस्तो निस्वार्थ हिडेको व्यक्तिका लागि यस्तो गर्नु ठिक नभएको उहाँले बताउनुभयो । एक अर्को प्रशंगमा नगर प्रमुख बोहराले नगरपालिकाले गरिरहेका काम असाध्यै पारदर्शी रहेको दाबी गर्नुभयो । अहिलेसम्म कहिकतै पनि कमिसनका भरमा काम हुन नदिएको उहाँको भनाई छ ।

तर राजनीतिक दलमै आवद्ध केहि व्यक्तिहरुले भने योजनाका लागि लिएको बजेट दुरुपयोग गरेको उहाँले तथ्यनै पेश गर्नुभयो । तात्कालिन नेकपा पार्टीको कार्यालय निर्माणका लागि दिइएको दशलाख बजेट हिनामिना भएको उहाँको भनाई छ । उनीहरुले काम नगरेरै बिल मिलाएर पैसा खाएको बोहराले बताउनुभयो ।

नगर प्रमुख बोहरा सँगको कुराकानी सोसाइटी अनलाइन टिभीमा हेर्न सकिन्छ भने उहाँ सँगको कुराकानी आजराति आठ बजे रेडियो सोसाइटी एफएम मार्फत पुन प्रशारणका रुपमा सुन्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *