१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीमा स्थानिय उत्पादनको दिवाखाजा खुवाउन १४ समूह छनौट



मंगलसेन । अछामको ढकारी गाउँपालिकाले स्थानिय उत्पादनमा आधारित दिवाखाजाका लागि १४ वटा सहकारी, कृषि समूह र फर्महरु छनौट गरेको छ । सामुदायिक विद्यालय र बालविकास केन्द्रमा अध्ययनरत बालबालिकालाई दिवा खाजा खुवाउन ११ वटा कृषक समूह, दुई सहकारी र एक नीजी फर्मलाई छनौट गरिएको हो ।

गत भदौ ५ गते दोस्रो पटक प्रकाशित सूचना अनुसार दर्ता भएर सूचिकृतमा परेका सहकारी, कृषि समूह र फर्महरु मध्ये १४ वटालाई छनौट गरिएको गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

ति सहकारी, कृषि समूह र फर्महरुले आगामी मंसिर ३ गतेसम्ममा सम्झौता गरिसक्नुपर्ने छ । सम्झौता पश्चात गाउँपालिकाले तोकेका सबै ४८ वटा विद्यालय र बालविकास केन्द्रमा खाजा खुवाउनुपर्ने छ ।

यसरी खाजा खुवाउने सहकारी, कृषि समूह र फर्महरुले स्थानिय उत्पादनमा आधारित खाजा मात्रै खुवाउनुपर्ने सर्त राखिएको छ ।

छनौटमा परेका कृषक समूहहरुमा लालिगुराँस महिला कृषक समूह, फूलबारी महिला कृषक समूह, बुढीतोला मिश्रीत कृषक समूह, दुर्गादेबी महिला कृषक समूह, प्रगतिशिल महिला कृषक समूह, लयगाउँ कृषक समूह, बिन्द्रावन कृषक समूह, खोकेला कृषि तथा पशुपंक्षी समूह, गल्बाल कृषक समूह, नवदुर्गा देबी कृषक समूह र मूलपानी महिला कृषक समूह रहेका छन् ।

त्यस्तै न्यू लालिगुराँस महिला बचन तथा ऋण सहकारी संस्था, महालक्ष्मी कृषि सहकारी संस्था र केदारनाथ पशुपंक्षी फर्म पनि छनौटमा परेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *