१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरोकारवालाको टोलीद्धारा भुतेनी झरना अवलोकन



मंगलसेन । अछामको ढकारी गाउँपालिकाले भुतेनी झरनाको प्रचारप्रसार सुरु गरेको छ । त्यसका लागि पहिलो पटक जिल्ला स्तरको टोलीलाई झरनाको अवलोकन गराइएको हो ।

वडा नम्बर ३ र ४ स्थित मध्य भागको खोचमा रहेको यो झरनाको अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, कांग्रेस अछामका पूर्व पार्टी सभापति भरत कुमार स्वार, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतको टोलीले झनरनाको अवलोकन गरेको हो ।

टोलीमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति कृष्ण बुढा र क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति पुष्पराज शर्मा लगायत अन्य सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो ।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदका अनुसार जिल्ला स्तरको टोलीले दिएको सुझाबका आधारमा अब भुतेनी झरनाको डीपीआर तयार गर्ने लगायतका अन्य कामहरु अघि बढाइने छ । त्यसका लागि प्राविधिक टोली सँग समन्वय सुरु गरिएको अध्यक्ष साउँदले बताउनुभयो ।

यो झरनाको अध्ययनका लागि पर्यटन क्षेत्रका विज्ञ सँग पनि परामर्श गरिने उहाँले बताउनुभयो । झरनाको विकासका लागि सहभागि सरोकारवालाहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सोसाइटी अनलाइन टिभी र रेडियो सोसाइटी एफएम सँगको संक्षित प्रतिक्रिया क्रममा समन्वय समिति प्रमुख कुँवर, कांग्रेसका पूर्व पार्टी सभापति स्वार लगायतले यो झरनाको बिकासका लागि प्रदेश र केन्द्र सरकार सँग बजेट माग गर्ने बारे आफु निरन्तर प्रयासमा रहने बताएका छन् ।

उनीहरुले यसको प्रचारप्रसारमा समेत जोड दिने प्रतिवद्धता जनाएका थिए । अवलोकनमा सहभागिहरुलाई ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेबी शाही लगायत दाउनामोराका स्थानियले फुलमाला र अबिर सहित स्वागत गरेका थिए ।

यसरी पुग्न सकिन्छ भुतेनी झरना

अछाम सदरमुकाम मंगलसेनदेखि ठुलासैन, गैरीटाडसम्म पिच बाटो र त्यसपछि गैरीटाडदेखि कमलबजारसम्म ग्राभेल सडकको यात्रा गर्नुपर्छ ।

त्यसपछि कलबजारदेखि गल्बाल हुँदै करिब एक घण्टा कच्ची सडकमा मोटर यात्रापछि ढकारी गाउँपालिकाको केन्द्रमा पुगिन्छ । ढकारीबाट ढङ्नेटा बजार, चोइटेखाली हुँदै करिब डेढ घण्टाको यात्रा गरेपछि भुतेनी झरना पुग्न सकिन्छ ।

यहाँ पुग्न पैदल हिड्नुपर्ने अवस्था छैन् । सुर्खेत, दैलेख हुँदै कर्णाली राजमार्गको यात्रा गरेर आउनेका लागि भने कर्णाली नदी माथिको बेलखेत पुल पार गरेर अछामको बिनायक बजार देखि पिच रोडको यात्रा गरेर गैरीटाड आइपुग्नु पर्छ ।

त्यसपछि माथि भनिए झै कमलबजार हुँदै अघि बढ्नुपर्छ । अन्य जिल्लाबाट जहाज यात्रा गरेर आउँन चाहनेका लागि भने सुर्खेत र धनगढी एयरर्पोट सम्म मात्र जहाँज पाइन्छ । त्यसपछि सडक यात्रा गर्दै अछाम आइपुग्नु पर्छ ।

यद्यपी धनगढीबाट कहिलेकाही अछामको साँफेबगर एयरर्पोटसम्म पनि जहाज चल्ने गरेको छ ।

भुतेनी झरना पुग्दा खान पाइने स्पेशल चिज के हुन् ?

यो ठाउँ मह उत्पादनको पकेट क्षेत्र हो । दाउनामोरा पुग्दा जंगली माहुरीको मह मनले चाहेजति खान पाइन्छ ।

दुध, दही, घ्यू र मकै, कोदोको रोटी तथा किसानकै बारीमा फलेको तरकारी र सुन्तला पाइन्छ । यहाँ लोकल चामलको भात र गाउँमै फलेको मास, मसुरो, भटमास लगायतका दाल तथा स्थानिय जातको कुखुरा र खसीको मासु पनि खान पाइन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ४ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *