१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्जाको जीवन बचाइदिन परिवारको अपिल



मंगलसेन । अछामको ढकारी गाउँपालिका बडा नम्बर ३ नवागाउँ कोईरेलीका सुरत बहादुर बुढाले श्रीमति सुर्जाको जीवन बचाइदिन सहयोगको लागि अपिल गर्नुभएको छ । टाउकोमा ढुंगा लागेर अर्धचेत अवस्थामा रहेकी श्रीमती सुर्जा बुढाको उपचारको लागी आर्थिक सहयोग जुटाइदिन उहाँले अपिल गर्नुभएको हो ।

टाउकोको अप्रेसन गरिएपनि सुर्जाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सुधार हुन नसकेको छैन । गएको कार्तिक २९ गते खेतको कुलो खन्ने क्रममा अग्लो भिर बाट खसेको ढुंगा लागेर उहाँ घाइते हुनुभएको थियो ।

अछाम स्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

उहाँको नेपालगन्ज स्थित वष्टर्न प्राईभेट हस्पिटल मा उपचार भैरहेको छ । डाक्टरको सल्लाह अनुसार सुर्जाको टाउकोमा गहिरो चोट लागेका कारण उहाँको स्वास्थ्यमा सुधार आउन अझै समय लाग्ने देखिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको भन्दै उहाँका श्रीमान् सुरत बुढाले आफ्नो घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोग गरिदिन सबैलाई अपिल गर्नुभएको छ ।

अर्धचेत अवस्थामा रहेकी सुर्जाको उपचारका लागि दैनिक औषधी किन्न र आइसियुको पैसा तिर्न समेत कठिन भइरहेको उहाँको भनाई छ । २७ बर्षीया सुर्जाका एक छोरा र एक छोरी रहेको छन् ।

न्युरो सर्जन सुबोध गौतमका अनुसार टाउकाको चोट लागेको नबौ दिन अप्रेसन गरिए पश्चात सुर्जा केहि बोल्ने हुनु भएको छ भने उहाँको दायाँ हात र खुट्टा चल्छ तर बायाँ हात र खुट्टा अझै चल्न सकेको छैन । डाकटर गौतमका अनुसार उहाँलाई अझै ४–५ दिन आईसियुमा राख्नुपर्छ हुनसक्छ । हालसम्म उहाँको उपचारमा साढे ३ लाख खर्च भैसकेको छ । थप उपचार गर्न पैसाको अभाव भएको भन्दै उहाँका श्रीमान बुढाले सबैलाई सहयोग गरिदिन अपिल गर्नु भयको छ ।

सहयोगको लागि श्रीमान् सुरत बहादुर बुढाको कृषि विकास बैंक मंगलसेन अछाममा रहेको खाता नम्बर ०८२२६०५५२३४३००१८ मा पैसा पठाएर सहयोग गरिदिन अनुरोध गरिएको छ । त्यस्तै फोटोमा रहेको क्युआरकोड मार्फत पनि सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ११ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *