२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा हिमपात



हुम्ला। हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।

बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ ।

सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए ।

योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *