२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा रास्वपा स्थानीय तह अधिवेशनमा केन्द्रित हुने



धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।

२७ र २८ पुसमा बसेको रास्वपा सुदूरपश्चिमको बैठकले पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रताका साथ अघि बढ्ने निर्णय गरेको प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोषराज जोशीले जानकारी दिए ।

जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने, वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, गठित समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

सामाजिक सेवामा आधारित संगठन निर्माण अभियानलाई तीव्रता दिने, संगठनका कमी कमजोरीहरूको समिक्षा गर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने विषयमा पनि सहमति भएको जोशीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष ईन्जिनियर प्रकाश विष्टको सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए ।

बैठकमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १२ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *